सुदूरका कुन नेता तथा विशिस्ट व्यक्तिले कहाँ-कहाँबाट गरे मतदान ?

युग संवाददाता     149 पटक पढिएको    

सुदूरका कुन नेता तथा विशिस्ट व्यक्तिले कहाँ-कहाँबाट गरे मतदान ?

धनगढी । आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर मतदान जारी छ ।यता सुदूरपश्चिममा पनि बिहान ७ बजेदेखि मतदान गर्न थालेका हुन् । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ । यसैबिच नेकपा एमालेका नेता तथा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा उम्मेदवार नारदमुनी रानाले मतदान गरेका छन्।

उनले धनगढी उपमहानगरपालिकास्थित वडा नम्बर ८ को धनगढी मावि मतदानस्थलको मतदान केन्द्रबाट पहिलो मत खसालेका हुन्।  पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाले मतदान गरेका छन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका ओझाले मतदान गरेका हुन्।

उनले धनगढीको वडा नम्बर २ मा रहेको शारदा माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन्। उता अछाम पुगेर एमालेका नेता डाक्टर भीम रावलले मतदान गरेका छन्। उनले जिल्लाको चन्दोदय आधारभुत विद्यालय भागेश्वर मतदानस्थलको मतदान केन्द्रबाट पहिलो मत खसालेका हुन्। यसैबिच नेकपा एमालेका सचिब लेखराज भट्टले भट्टले पनि मतदान गरेका छन् । गोदावरी १ घन्टेस्वर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

यसैबिच सुदूरपश्चिम प्रदेश सरकारका पूर्वाधारविकास मन्त्री तथा नेकपा एमालेका तर्फबाट डडेल्धुरा प्रदेशसभा १ का उम्मेदवार पठानसिंह बोहराले मतदान गरेका छन्। उनले भागेश्वर मावि कटाल केन्द्रबाट मतदान गरेका हुन्।

नेकपा एमालेका नेता तथा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा उम्मेदवार रहेका झपटबहादुर रावलले मतदान गरेका छन्। निर्वाचन क्षेत्र नम्बर २ स्थित लम्कीचुहा नगरपालिका ९ अन्तरगत दुर्गा आधारभुत विद्यालयको मतदान केन्द्रबाट उनले मत खसालेका हुन्।  यस्तै नेपाली काँग्रेसकानेता तथा कैलाली क्षेत्र नम्बर ५ का  प्रतिनिधि सभा उम्मेदवार दिल्लीराज पन्तले पनि मतदान गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मतदान गरेका छन्। ​महरले डडेल्धुराको भागेश्वर गागाउँपालिका-३ स्थित गोबिन्दपुरी मावि लामीकाँडे मतदान केन्द्रबाट मतदान गरेका हुन्। 

यस्तै कैलाली निर्वाचन क्षेत्र नं ५ (ख) का प्रदेश सभाका उम्मेदवार प्रकाश देउवाले पनि मतदान गरेका छन् । उनले धनगढी उपमहानगरपालिका वडानम्बर ३ स्थित जनता आधारभुत विद्यालयको मतदानस्थलबट मतदान गरेका हुन् । यस्तै एमालेका दुर्गा जोशीले पनि सोही मतदान केन्द्रबाट मतदान गरेका छन् । 



आइतबार ०४, मङि्सर २०७९ ०३:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.