निर्वाचन सुरक्षा नेपाली सेनाले हवाई सुरक्षा दिने

युग संवाददाता     252 पटक पढिएको    

निर्वाचन सुरक्षा  नेपाली सेनाले हवाई सुरक्षा दिने

धनगढी मंसिर २ आईतबार हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले समेत सुरक्षाको तयारी गरेको छ । निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाली सेना तयारी अवस्थामा रहेको सुदूरपश्चिम पृतना हेडक्वार्टरले जानकारी दिएको छ । सेनाले हवाई सहित स्थलगत समेत सुरक्षा दिने छ ।
सेनाको सुदूरपश्चिम पृतनाले बिहिबारे तेघरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पृतनापती उपरथी बिजय थापाले सुदूरपश्चिममा निर्वाचनको बेला हुनसक्ने अवाञ्छित गतिविधिलाई निस्तेज पार्ने गरी मतदातालाई शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्नका लागि सेनाले गर्नुपर्ने सम्पूर्ण तयारी गरिसकेको बताए ।
सरकारले निर्देशन गरेअनुरूप प्रत्येक निर्वाचन स्थलमा कम्तीमा पनि ३० मिनेटभित्र पुग्ने गरी प्रदेशका नौवटै जिल्ला कम्तीमा पनि ३० ओटा कम्पनी, प्लटुङ र सेक्सन अपरेटिङ बेश स्थापना गरिसकेको बताउँदै उपरथी थापाले आवश्यकताअनुसार हवाई गस्तीका लागि समेत हेलिकप्टर तयारी अवस्थामा राखिएको बताए । यसैगरी सेनाले संवेदनशील स्थानहरूमा सुरक्षा दिइरहेको बताउँदै पृतनपती उपरथी थापले विभिन्न स्थानमा नियमित गस्ती समेत गरिरहेको बताए ।



शुक्रबार ०२, मङि्सर २०७९ ११:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.