यूएईविरुद्धको निर्णयक खेलमा नेपालको उत्कृष्ट बलिङ

युग संवाददाता     212 पटक पढिएको    

यूएईविरुद्धको निर्णयक खेलमा नेपालको उत्कृष्ट बलिङ

काठमाडौं  । यूएईविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपालले उत्कृष्ट बलिङ गरेको छ । आजको खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने नेपालको निर्णय सही सावित भएको छ । कप्तान रोहितकुमार पौडेलले फिल्डिङ गर्ने भएसँगै युएईले प्रारम्भ ब्याटिङ गरेको छ।

नेपालले कसिलो बलिङ गर्दै यूएईलाई ४० ओभरमा ११५ रनमा रोकेको छ । यसक्रममा यूएईले आफ्ना ९ विकेट गुमाइसकेको छ । आजको खेलमा नेपालका बलरहरु सामु यूएईका ब्याट्सम्यानहरु खुलेर खेल्न सकेका छैनन् । नेपालका लागि गुल्शन झा, दिपेन्द्र सिंह ऐरी तथा कुशल भुर्तेलले दुई दुई विकेट लिएका छन् भने सोमपाल कामी तथा ललित राजवंशीले एक–एक विकेट लिएका छन् ।

यतिबेला यूएईका आयान अफ्जल खान १३ तथा हाज्रत बिलाल ७ रन बनाएर क्रिसमा छन् । आजको खेलमा नेपाल जीतसहित शृंखला आफ्नो पक्षमा पार्न चाहन्छ । सोमबारदेखि प्रारम्भ भएको युएईविरुद्धको तीन एक दिवसीय शृंखला दुई खेलको समाप्तीमा १९१ को बराबरीको स्थितीमा रहेको छ । पहिलो खेलमा युएईलाई ८४ रनको नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा तीन विकेटको जीतसहित शृंखलामा १ ९१ को बराबरी गरेको थियो ।

नेपाल आज ब्याटिङमा सुधारिएको प्रदर्शनसहित शृंखला आफ्नो पक्षमा पार्न चाहन्छ । नेपालले डिसेम्बरमा आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नामिबियाको भ्रमण गर्दैछ । युएईविरुद्धको शृंखलालाई नेपालले सोही लिगको अभ्यास खेलको रुपमा लिएको छ ।



शुक्रबार ०२, मङि्सर २०७९ ०८:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.