बलात्कार आरोपमा डिल्लीबजारबाट युवक पक्राउ

युग संवाददाता     179 पटक पढिएको    

बलात्कार आरोपमा डिल्लीबजारबाट युवक पक्राउ

काठमाडौं । बलात्कार गरेको आरोपमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३६ वर्षीय सुरेन्द्र प्रधानलाई पक्राउ गरेको छ । २७ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रधानले २०७८ चैत ३० गतेदेखि विभिन्न स्थानमा र अन्तिम पटक गत कात्तिक १० गते मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरस्थित पीडितकै कोठामा जबरजस्ती करणी गरेको आरोप छ । घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।



शुक्रबार ०२, मङि्सर २०७९ ०८:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.