जुम्लामा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना

युग संवाददाता     167 पटक पढिएको    

जुम्लामा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना

जुम्ला । जुम्लामा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना भएको छ । सदरमुकाम खलङ्गादेखि यहाँको तातोपानी गाउँपालिका–८ स्थित जनजागृति मावि ताम्ती मतदान केन्द्रमा निर्वाचन सामग्री बोकेर जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको छ ।

भे१च २१८८ नम्बरको जिप तातोपानी–४ रावतबाडामा एक्कासी अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिप सडकदेखि २० मिटर तल खसेको छ । दुर्घटनामा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने, नेपाल प्रहरीका सई सीताराम दराई, सहायक हवलदार सुरज चन्द, प्रहरी जवान राजेन्द्र विष्ट र एकजना कार्यालय सहयोगी घाइते भएको प्रमुख जिल्ला अधिकरी मुकेशकुमार केशरीले जानकारी दिए ।

घाइतेमध्ये प्रहरी हवलदार चन्द र प्रहरी जवान विष्ट गम्भीर घाइते भएको प्रहरी निरीक्षक धर्मराज जोशीले बताए । अहिले घाइते भएकाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी केसरी, प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्र चन्दसहितको टोली अस्पताल पुगेका छन् । 



बिहिबार ०१, मङि्सर २०७९ ०३:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.