मर्यदा नदिएको भन्दै जिल्ला समन्वय समितिका सदस्य आन्दोलित

सदस्य आन्दोलित

Yugnepal     1116 पटक पढिएको    


मर्यदा नदिएको भन्दै जिल्ला समन्वय समितिका सदस्य आन्दोलित

धनगढी माघ १३ आफुहरुपनि जननिर्वाचित भएको तर प्रदेश तथा संघीय कुनैपनि सरकारले मर्यदाक्रममा नसमेटेको भन्दै सुदूरपश्चिमभरका जिल्ला समन्वय समिति सदस्यहरु आन्दोलित भएका छन् ।

आईतवार धनगढीमा पत्रकार सम्मेलन गरेर उनीहरुले आफुहरुको भूमिका स्पस्ट नभएकोले सार्वजनिक कार्यक्रम जिल्ला समन्वय समितिको बैठक बहिस्कार गरेको र आगामी फागुन मसान्तसम्म मर्यादाक्रम स्पस्ट नगरिए राजीनामा दिने चेतावनी समेत दिएका छन् । आफुहरु दुई पटक निर्वाचित भएर आएको तर नेपल सरकारले बडाअध्यक्ष भन्दा तल्लो व्यबहार देखाएको बताएका छन् । मर्यादाक्रममा प्रमुख र उपप्रमुखलाई मात्र राखेको गुनासो उनीहरुको छ ।

जिल्ला समितीका पदाधिकारीहरुले सेवा सुबिधाहरु प्रदेश अनुरुप फरक फरक भएकोले एकरुपता गर्नु पर्ने, संबिधानले प्रदान गरको काम कर्तब्यलाई प्रभावकारी बनाउन आबश्यक वजेटको ब्यबस्था प्रदेश सरकारले गर्नुपर्ने माग गर्दै उनीहरुले आज सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।



आइतबार १३, माघ २०७५ ०८:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.