कुनै चलखेल नभए डडेल्धुरामा जित सुनिश्चित भइसक्योः सागर ढकाल

युग संवाददाता     240 पटक पढिएको    

कुनै चलखेल नभए डडेल्धुरामा जित सुनिश्चित भइसक्योः सागर ढकाल

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले कुनै चलखेल नभए आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्। भारत र खाडीमा रहेका डडेल्धुरावासीले आफूलाई जिताउन घरमा दिनदिनै फोन गरेर गरेर आफूलाई मतदान गर्न भनेका बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘कुनै चलखेल नभए जित सुनिश्चित नै छ। इन्डिया, खाडीमा रहेका सम्पूर्ण डडेल्धुरा बासिन्दाले घरमा दिनदिनै फोन गरेर सागर ढकाललाई सुइमा मतदान गर्न भन्नुहोला ।’ उनले आफूलाई जिताउनका लागि सबैलाई छिटोभन्दा छिटो डडेल्धुरा आउन आग्रह गरेका छन्।



आइतबार २७, कार्तिक २०७९ ०३:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal