डोटीमा एक हजार ४२२ जना कर्मचारी मतदान केन्द्रमा खटिने

युग संवाददाता     125 पटक पढिएको    

डोटीमा एक हजार ४२२ जना कर्मचारी मतदान केन्द्रमा खटिने

डोटी ।  डोटीमा एक हजार ४२२ जना कर्मचारी मतदान केन्द्रमा खटिने भएका छन । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि जिल्लामा सो सङ्ख्यामा कर्मचारी खटिने भएका हुन ।

जिल्लाका १७८ मतदान केन्द्रमा ८ जना जगेडा कर्मचारी सहित एक हजार ४२२ जना कर्मचारी खटिने मुख्य निर्वाचन अधिकृतको कार्यालय डोटीले जानकारी दिएको छ । जगेडा कर्मचारीहरूमा चार जना मतदान अधिकृत र चार जना सहायक मतदान अधिकृत रहेका छन् । जिल्लामा एक सय १५ मतदान स्थल रहेका छन ।

एक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र दुई वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको डोटीमा एक सय ७८ मतदान अधिकृत, एक सय ७८ सहायक मतदान अधिकृत, आठ सय ८८ सहायक कर्मचारी र एक सय ७८ सहयोगी कर्मचारी मतदान गराउन खटाउन लागिएको हो ।



मङ्गलबार २२, कार्तिक २०७९ ०७:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.