प्रधानमन्त्रीले भोली बैतडी र दार्चुलाको चुनावी सभामा सम्बोधन गर्ने

युग संवाददाता     242 पटक पढिएको    

प्रधानमन्त्रीले भोली बैतडी र दार्चुलाको चुनावी सभामा सम्बोधन गर्ने

धनगढी । चुनावी प्रचारप्रसारको क्रममा सुदूरपश्चिममा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भोली (बुधबार) बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्ने बताइएको छ।

गृहजिल्ला डडेलधुरामा चार दिने कार्यक्रम सकेर निजी निवास धनगढीमा रहेका देउवाले राजनीति भेटघाट तीव्र पारेका छन्। प्रधानमन्त्री राजधानी फर्किने टुंगो लागिनसकेको स्वकीय सचिव भानु देउवाले बताए।



मङ्गलबार २२, कार्तिक २०७९ ०५:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal