ढुङ्गाले लागेर घाइते भएकी महिला वडा सदस्यको हेलिकप्टरबाट उद्धार

युग संवाददाता     100 पटक पढिएको    

ढुङ्गाले लागेर घाइते भएकी महिला वडा सदस्यको हेलिकप्टरबाट उद्धार

बझाङ । ढुङ्गा लागेर गम्भीर घाइते भएकी बझाङको साइपाल गाउँपालिका वडा नम्बर ३ की महिला वडा सदस्य दिकी गुरुङको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

आइतवार बेलुका काया गाउँ नजिकै जालीगाण भन्ने ठाउँमा दाउरा बटुल्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर गुरुङ घाइते भएकी थिइन् । साइपाल गाउँपालिकाको आर्थिक सहयोगमा हेलिकोप्टरबाट घाइते वडा सदस्य गुरुङको उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले बताए ।

गम्भीर घाइते गुरुङलाई नेपालगञ्ज पुर्याइएको छ । गएको वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा उनी साइपाल गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेबाट महिला सदस्यमा निर्वाचित भएकी हुन् । 



सोमबार २१, कार्तिक २०७९ ०१:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.