कपिलवस्तुमा २८ वर्षीया महिला बलात्कृत

युग संवाददाता     162 पटक पढिएको    

कपिलवस्तुमा २८ वर्षीया महिला बलात्कृत

कपिलवस्तु, २१ कात्तिक । कपिलवस्तुमा एक जना २८ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–२ अभिराव बस्ने २० वर्षीय जोगिन्द्र पासी छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पासीले ती महिलालई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।



सोमबार २१, कार्तिक २०७९ ०८:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.