बैतडीको मेलौली नगरपालिकामा दुई दिन सार्वजनिक बिदा

युग संवाददाता     239 पटक पढिएको    

बैतडीको मेलौली नगरपालिकामा दुई दिन सार्वजनिक बिदा

बैतडी । बैतडी जिल्लाको मेलौली नगरपालिकाले आज र भोलि गरी दुई दिन सार्वजनिक बिदा दिएको छ। मेलौली नगरपालिकास्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने जात्राका लागि नगरपालिका क्षेत्रभरी दुई दिन सार्वजनिक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

मेलौली भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन मेला लाग्ने भएकाले सो दिन नगरपालिका क्षेत्रभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था, बित्तीय संस्थाहरुमा सार्वजनिक बिदा दिइएको हो।

मेलौली भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन पशु बलि सहित जात्रा हुने गरेको छ। सो जात्रामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन्। मेलौली भगवती मन्दिरमा लाग्ने जात्रालाई स्थानीयहरुले सबैभन्दा ठूलो पर्वका रुपमा लिइने गरिएको छ। 



सोमबार २१, कार्तिक २०७९ ०४:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal