कैलालीमा आजदेखि मदिरा बिक्रि, वितरण र सेवन गर्न नपाइने

युग संवाददाता     124 पटक पढिएको    

कैलालीमा आजदेखि मदिरा बिक्रि, वितरण र सेवन गर्न नपाइने

धनगढी । कैलालीमा मदिरा बिक्रि वितरणमा रोक लगाइएको छ । गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले आइतबार रातिदेखि मदिरा बिक्रि वितरणमा रोक लगाएको प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए ।

जोशीकाअनुसार अगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मर्यादित, स्वच्छ, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न तथा आचारसंहितालाई पालन गराउन मतदानको १५ दिन अघि बिक्रि वितरण र सेवन रोक्न गृहले निर्देशन दिएको थियो ।

सोहीअनुसार कैलालीमा पनि आइतबार राति १२ बजेदेखि मदिरा बिक्रि, वितरण र सेवनमा रोक लगाइएको बताउदै जोशीले निषेध गरिएको काम गरेको भेटिए कानून बमोजिम कारवाही गरिने जनाए ।



सोमबार २१, कार्तिक २०७९ ०३:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.