चरित्र हत्या हुनेगरी निर्वाचनको प्रचार नगर्न प्रमुख आयुक्त थपलियाको आग्रह

युग संवाददाता     183 पटक पढिएको    

चरित्र हत्या हुनेगरी निर्वाचनको प्रचार नगर्न प्रमुख आयुक्त थपलियाको आग्रह

काठमाडौं  । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चरित्र हत्या हुनेगरी निर्वाचनको प्रचार नगर्न निर्वाचनका उम्मेदवारलाई सचेत गराएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले नो नट अगेनु भने पनि हुने तर गालीगलौजको भाषामा अर्को उम्मेदवारको चरित्र हत्या गर्ने काम नगर्न सबै उम्मेदवारहरूलाई पुनः सचेत गराएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई द्वेषपूर्ण, घृणास्पद अभिव्यक्ति दिएर दुषित नपार्न भन्दै आयोगले स्पष्टीकरण सोधेको बताए । उनले विज्ञहरूलाई पनि निर्वाचनमा गालीगलौजको भाषा प्रयोग नगर्न उम्मेदवारलाई सुझाव दिन आग्रह समेत गरे । कार्यक्रममा प्रमुख आयुक्त थपलियाले आयोगले सञ्चार संस्थाको अनुगमन नगर्ने बताए ।

आयोगले आचारसंहिता पालना भए नभएको मात्र हेर्ने भएकोले कुनै शाखाले त्यस्तो स्पष्टीकरण सोधेको भए सच्याउने बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले सञ्चार माध्यामहरुले निर्वाचन आचारसंहिता पालना गरे-नगरेको अनुगमन गर्ने काम आयोगको नभई प्रेस काउन्सिल नेपालको भएको पनि पटकपटक दोहो¥याए । 



आइतबार २०, कार्तिक २०७९ ०२:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.