काउलीमा गाँजा लुकाएर तस्करी, एकजना पक्राउ

युग संवाददाता     150 पटक पढिएको    

काउलीमा गाँजा लुकाएर तस्करी, एकजना पक्राउ

काठमाडौं  । तरकारी खाने काउलीमा लुकाएर गाँजा तस्करी गर्ने एक जनालाई प्रहरीले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६१ वर्षीय साइँला तामाङ छन् ।

धादिङको थाक्रे गाउँपालिका–७ घर भएका तामाङलाई चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट १ किलो ६ सय ग्राम गाँजाको धुलोसहित पक्राउ गरिएको प्रहरी वृत्त थानकोटले जनाएको छ । धादिङको महादेववेशीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.२ ख ६३६८ नम्बरको बसमा सवार साइँलाले झोलाभित्र काउलीमा लुकाएर सो गाँजा ल्याएका हुन् ।

चेक जाँच गर्ने क्रममा काउलीको बीचमा गाँजाको धुलो भेटिएको प्रहरी वृत्त थानकोटले जनाएको छ । उनी विरुद्ध वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ । 



आइतबार २०, कार्तिक २०७९ ०६:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.