प्रधानमन्त्री देउवाले डडेल्धुरामा आज दुई चुनावी सभालाई सम्बोधन गर्ने

युग संवाददाता     100 पटक पढिएको    

प्रधानमन्त्री देउवाले डडेल्धुरामा आज दुई चुनावी सभालाई सम्बोधन गर्ने

डडेल्धुरा । चुनावी प्रचारप्रसारको सिलसिलामा गृह जिल्ला डडेल्धुरामा रहेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि गृहजिल्ला डडेल्धुरामा दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

बिहान ११ बजे आलिताल गाउँपालिकाको गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिकाको जोगबुढामा हुने आमसभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चुनावी सभालाई सम्बोधन गरेर प्रधानमन्त्री देउवा आजै काठमाण्डौं फर्कने कार्यक्रम रहेको छ । चुनावी सभालाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री देउवा गत बिहीबार डडेल्धुरा पुगेका थिए । प्रधानमन्त्री देउवाले बिहीबार अमरगढी नगरपालिकास्थित बसपार्कमा आमसभालाई सम्बोधन गरेका थिए ।

उनले शुक्रबार नवदुर्गा गाउँपालिका बेलापुर खुनी र गन्यापधुरा गाउँपालिकाको बडालमा चुनावी आमसभालाई सम्बोधन गरेका थिए । यस्तै प्रधानमन्त्री देउवाले शनिबार अजयमेरू गाउँपालिकाको भद्रपुर र भागेश्वर गाउँपालिका रूपालमा भएको आमसभालाई सम्बोधन गरेका थिए ।

देउवा मंसिर ४ मा हुने चुनावका लागि सत्ता गठबन्धनका तर्फबाट डडेल्धुराबाट सातौँ पटक संघीय संसदका उम्मेदवार छन् । अहिले सम्म अपराजित रहेका देउवाले यो पालि पनि चुनाव जित्ने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । देउवालाई अहिले माओवादी केन्द्रले पनि साथ दिएको छ । 



आइतबार २०, कार्तिक २०७९ ०६:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.