बहुमत गठबन्धनको पक्षमा : कांग्रेस प्रवक्ता महत

युग संवाददाता     136 पटक पढिएको    

बहुमत गठबन्धनको पक्षमा : कांग्रेस प्रवक्ता महत

धनगढी  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एव् प्रवक्ता डा. प्रकाशशरण महतले मङ्सिर ४ गते हुने निर्वाचनमा बहुमत गठबन्धनको पक्षमा आउने बताए ।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संविधानको रक्षा, स्थिरता र समृद्धि सुनिश्चित गर्दछ भन्ने कुरा पनि यो छोटो समयको गठबन्धनको सरकारले सङ्केत गरिरहेको उनले उल्लेख गरे ।

प्रवक्ता महतले नेपाली जनताको पूर्ण म्यान्डेड र अनुमोदनका साथ नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्दा जुन लोकतान्त्रिक मूल्य र मान्यतामाथि यस भन्दा अघिको सरकारद्वारा प्रहार गरिएको थियो त्यो अहिले रोकिएको बताए । उनले भने, “अहिले देश एउटा सही बाटोमा उन्मुख छ ।” नेता महतले अहिले देशमा सहिष्णु नेतृत्वको आवश्यकता रहेको र त्यो नेतृत्व पनि नेपाली कांग्रेसका पार्टी सभापति तथा अहिलेका प्रधानमन्त्रीले दिन सक्नुहुन्छ भन्ने विश्वास व्यक्त गरे ।



शनिबार १९, कार्तिक २०७९ १०:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.