कपिलवस्तुमा ७ जुवाडे पक्राउ

युग संवाददाता     163 पटक पढिएको    

कपिलवस्तुमा ७ जुवाडे पक्राउ

कपिलवस्तु / वाणगंगा नगरपालिका वडा नं. ७ बनगाईको एक होटलमा सञ्चालित जुवा खालमा प्रहरीले छापा मार्दा ७ जुवाडे पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पिपराका ईन्चार्ज प्रहरी निरीक्षक दिपक के.सी.को कमाण्डमा रहेको प्रहरी टोलीले गए राती सवा ११ बजे छापा मार्दा ७ जना जुवाडे पक्राउ परेका हुन्। अन्य २ जना भागेका छन्। 

पक्राउ परेका सबै उपर अनुसन्धान भइरहेको र नियम अनुसार मुद्धा दर्ता प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताए। पक्राउ परेका जुवाडेलाई ईलाका प्रहरी कार्यालय पिपरामा थुनामा राखिएको छ। 



शनिबार १९, कार्तिक २०७९ ०६:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.