दार्चुलामा चरेससहित २ जना पक्राउ

युग संवाददाता     269 पटक पढिएको    

दार्चुलामा चरेससहित २ जना पक्राउ

दार्चुला / दार्चुलामा चरेससहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सेलबिसाबाट गोकुलेश्वरतर्फ आउँदै गरेको से १ ज ६१८ नम्बरको जिपसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

बिहीबार दिउँसो मार्मा गाउँपालिका–३ लटिनाथमा प्रहरीको जाँचका क्रममा जिपमा दुई किलो ९०० ग्राम चरेस फेला परेपछि गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ।

सेलबिसाबाट गोकुलेश्वर जाँदै गरेको जिपलाई जाँच गर्दा अपिहिमाल गाउँपालिका–५ लुम्थिका ४४ वर्षीय दानसिंह धामीको साथबाट चरेस फेला परेपछि जिप, चालक पनि प्रहरी नियन्त्रणमा रहेका छन्



शुक्रबार १८, कार्तिक २०७९ १२:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal