नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछाने पुर्पक्षका लागि जेल चलान

युग संवाददाता     145 पटक पढिएको    

नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछाने पुर्पक्षका लागि जेल चलान

काठमाडौँ / नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछाने जबरजस्तीकरणी सम्बन्धी मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले शुक्रवार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

सन्दीपमाथि काठमाडौंको एक होटलमा लगेर नाबालिक बलात्कार गरेको अभियोग छ । अदालतसँग सन्दीपले आरोपका सम्बन्धमा इन्कारी बयान दिएका थिए ।अदालतको आदेशसँगै अब सन्दीप मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म थुनामै रहनुपर्ने भएको छ ।



शुक्रबार १८, कार्तिक २०७९ १२:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.