पश्चिम सेती आयोजना बनाउँछौं : प्रधानमन्त्री देउवा

युग संवाददाता     138 पटक पढिएको    

पश्चिम सेती आयोजना बनाउँछौं : प्रधानमन्त्री देउवा

डडेल्धुरा / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती र तल्लो सानो सेती (एसएसआर) सहितका जलविद्युत आयोजनाहरू निर्माण कार्य पूरा गर्ने बताएका छन् । 
डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ स्थित बेलापुरमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिमलाई आर्थिकरूपमा समुन्नत बनाउन जलविद्युतको विकासमा ध्यान दिने बताए । ‘पश्चिम सेती सुदूरपश्चिमको मात्रै होइन, देशकै अर्थतन्त्र उकास्ने महत्त्वपूर्ण आयोजना हो । यसको निर्माण सम्पन्न गरेपश्चात् हामीले ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सक्छौँ । पश्चिम सेती निर्माणका लागि सम्झौता भइसकेको छ’, उनले भने । 
देउवाले सेती र महाकाली क्षेत्रका नागरिकलाई आर्थिकरूपमा सबल बनाउनका लागि पनि योजना बनाउने बताए । उनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चासहितको सत्तारुढ गठबन्धनलाई जिताउन अपिल गरे । 
प्रधानमन्त्री देउवाले लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता गर्नका लागि कूटनीतिक पहल गर्ने बताए । उनले भारत र चीनसँग सीमा विवादका सन्दर्भमा सरकारले कूटनीतिक पहल गर्ने र वार्ताबाटै समस्याको समाधान खोज्ने बताए । 
उनले दुई पटक संसद् भङ्ग गर्ने अघिल्लो सरकारको कदमको आलोचना गर्दै अब संसद् र सरकारको स्थायित्वकै लागि गठबन्धन गरिएको उल्लेख गरे । 



शुक्रबार १८, कार्तिक २०७९ १२:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.