बैतडीको पुर्चौडीस्थित राताशीला त्रिवेणी धाममा आज कफलखाना गिरेगडा मेला लाग्दै

युग संवाददाता     196 पटक पढिएको    

बैतडीको पुर्चौडीस्थित राताशीला त्रिवेणी धाममा आज कफलखाना गिरेगडा मेला  लाग्दै

बैतडी / आज बैतडीको पुर्चौडीको हाटस्थित राताशीला त्रिवेणी धाममा मेला लाग्दै छ ।  हरेक वर्ष हरिबोधनी एकादशीका दिन लाग्ने कफलखाना गिरेगडा मेला यस वर्ष पनि सुरु भएको हो।

बैतडीको पुर्चौडी नगरपालिकाले यसै मेलाको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ । पुर्चौडीको हाटस्थित राताशीला त्रिवेणी धाममा लाग्ने कफलखाना गिरेगडा मेलाका अवसरमा दुई दिन १७ र १८ गते सार्वजनिक बिदा दिइएको हो। हरिबोधनी एकादशीको दिन कफलखाना गिरेगडा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालय, शिक्षण संस्था लगायत सार्वजनिक निकाय हिजो देखि  बन्द रहेका छन् । कफलखाना गिरेगडा मेलालाई पुर्चौंडी क्षेत्रको सबैभन्दा ठूलो मेलाको रुपमा लिने गरिन्छ । यो मेलामा भकुण्डो खेल्ने परम्परा रही आएको छ । यो नै मेलाको मुख्य आकर्षण रहेको स्थानीयहरुले बताएका छन् ।



शुक्रबार १८, कार्तिक २०७९ ०४:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.