गठबन्धन १०/१५ वर्ष जारी रहनुपर्छ : प्रधानमन्त्री देउवा

युग संवाददाता     133 पटक पढिएको    

गठबन्धन १०/१५ वर्ष जारी रहनुपर्छ : प्रधानमन्त्री देउवा

डडेल्धुरा / प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन १०-१५ वर्षसम्म हुनुपर्ने आफ्नो मान्यता रहेको बताएका छन् ।

डडेलधुरामा पहिलो चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै देउवाले समृद्धि र आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएकाले पनि गठबन्धनको राजनीतिले निरन्तरता पाउनुपर्ने बताएका हुन् । राजनैतिक पद्धति र विकासलाई संस्थागत रुपमा विकास गर्न पनि गठबन्धन आवश्यक भएको प्रधानमन्त्री देउवाको भनाइ थियो ।

स्थानी तह निर्वाचनपछि पहिलो पटक आफ्नो चुनावी क्षेत्रमा पुगेका प्रधानमन्त्री देउवाले सीमा समस्या दुई देशबीच हुने मित्रवत व्यवहारले मात्र समाधान हुन सक्ने बताए । राजनैतिक नाफा, घाटाका लागि अनावश्यक रुपमा सीमाजस्तो संवेदनशील विषयलाई मुद्दा बनाउनु उचित नभएको पनि देउवाले बताए ।

चुनावी सभामा देउवाले सुदूरपश्चिमको पर्यटन विकासका लागि आफूले सक्दो प्रयास गर्ने आश्वासन मतदातालाई दिए ।सातौं पटक प्रतिनिधिसभाको उम्मदेवारी दिएपछि देउवा पहिलो पटक डडेलधुरा आइपुगेका हुन् ।  



बिहिबार १७, कार्तिक २०७९ ०२:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.