बैतडी / बैतडीमा प्रहरी र म्यादी प्रहरी सामाजिक कार्यमा व्यस्त देखिएका छन्। वर्षातले भत्केको विद्यालयका घेर पर्खाल निर्माण देखि लिएर मन्दिर परिसरहरुमा सरसफाइ गर्ने सम्मका कार्यमा अहिले प्रहरी र म्यादी प्रहरी व्यस्त देखिएका हुन् ।
प्रहरी र म्यादी प्रहरीले जिल्लाको डिलाशैनी गउँपालिका स्थित अमर माविको भत्केको घेर पर्खाल पुनःर्मिाण गरेका हुन् । वर्षातको पानीका कारणले भत्कीएको विद्यालयको घेर पर्खाल निर्माण गरिएको धामी गाउँ प्रहरी चौकीका इन्चार्ज टेक राज पाण्डेले जानकारी दिए ।
कक्षा १२ सम्म पढाइ हुने अमर माविको भत्केको घेर पर्खाल प्रहरी चौकीको नेतृत्वमा गएको म्यादी प्रहरी सहितको टोलिले निर्माण गरेको उनले बताए । धामी गाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान र आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि छनोट भएर आएका म्यादी प्रहरी मिलेर अहिले सामाजिक कार्य भइरहेका छन् ।
यस्तै हिजो प्रहरी र म्यादि प्रहरीले सोहि ठाउँमा अवस्थित कर्ण केदार मन्दिर परिसरमा सरसफाइ पनि गरेको थियो । आफनो गाउँ आफै बनाऔँ भन्ने उदेश्यले म्यादि प्रहरीमा छनोट भएका युवाहरु सहित प्रहरी संग मिलेर भत्केको विद्यालयको घेर पर्खाल र मन्दिर परिसरमा पनि सरसफाइ गरिएको म्यादी प्रहरी एवं सोहि ठाउँका युवा राजा जोशीले बताए ।
प्रतिकृया दिनुहोस