बाजुरामा ३४ जनाले बुझाए हतियार

युग संवाददाता     139 पटक पढिएको    

बाजुरामा ३४ जनाले बुझाए हतियार

बाजुरा / बाजुरामा अहिले सम्म ३४ जना जनाले प्रशासनलाई हतियार बुझाएका छन्। आसन्न मसिंर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रसासनले ३५ दिनभित्र हतियार बुझाउन सुचना जारी गरेको थियो ।

जिल्लाका ९ स्थानिय तहबाट ३४ हतियार जिल्ला प्रहरी कार्यालयमा बुझाएको प्रहरी प्रमुख सुर्य थापाले बताएका छन । त्यसै गरि यो अवधिमा एक जना अबैध भरूवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको प्रहरी प्रमुख थापाले बताए । निर्धारित समयमा हतियार नबुझाउनेहरूलाई अब फेरि हतियार फेला परे कानुनबमोजिम कारबाही हुने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।



बिहिबार १७, कार्तिक २०७९ ०६:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.