बैतडीका सबै स्थानीय तहमा नमूना मतदान सञ्चालन गरिने

युग संवाददाता     128 पटक पढिएको    

बैतडीका सबै स्थानीय तहमा नमूना मतदान सञ्चालन गरिने

बैतडी /  आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर बैतडीका सबै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सञ्चालन हुने भएको छ । पाटन नगरपालिकाको पाटन बजार क्षेत्रमा नमूना मतदान कार्यक्रम सम्पन्न भइसकेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए ।

निर्वाचन आयोगको कार्यक्रम अनुसार स्थानीय तहका केन्द्र आसपासका क्षेत्रमा नमूना मतदान कार्यक्रम सञ्चालन गरिने उनले बताए । मतदान गर्ने तरीकाको बारेमा जानकारी दिनका लागि नमूना मतदान कार्यक्रम सञ्चालन हुने फुँयालले जानकारी दिए ।

मंसिर ४ गते हुने चुनावमा एकजना मतदाताले चार मतपत्रमा मतदान गर्नुपर्ने छ । प्रत्यक्ष  र समानुपातिक गरेर एकजनाले चार मतपत्रमा मतदान गर्नुपर्ने फुँयालले बताए । नमूना मतदान मार्फत मतदानका बिषयमा आवश्यक जानकारी दिइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

नमूना मतदानले बदर मतको संख्या घटाउनका लागि सहयोग पुग्ने विश्वास गरिएको छ । यो चुनावमा मतदाता शिक्षा सञ्चालन नभएकाले नमूना मतदानबाटै मतदानका बिषयमा जानकारी दिने लक्ष्य लिइएको जिल्ला निर्वाचन अधिकारी फुँयालले जानकारी दिए । 



बिहिबार १७, कार्तिक २०७९ ०४:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.