झापामा गोली हानेर ‘आत्महत्या’

युग संवाददाता     177 पटक पढिएको    

झापामा गोली हानेर ‘आत्महत्या’

झापा /  झापामा एक जनाले भतिजलाई गोली हानेर ‘आत्महत्या’ गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह नगरपालिका–८ का ३५ वर्षका जीवन शाहको मृत्यु भएको हो ।

यसअघि शाहले आफ्नै भतिज १५ वर्षीय हेमराजलाई गोली हानेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकले जानकारी दिए । भतिजलाई गोली हानिएभन्दा ५० पिटर उत्तरमा रहेको गेउरिया खोला किनारमा उनलाई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते भतिजको उपचार भइरहेको छ । यसबारे इलाका प्रहरी कार्यालय दमकले विस्तृत अनुसन्धान गरिरहेको छ ।  



बुधबार ०२, कार्तिक २०७९ १२:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.