प्रधानमन्त्री देउवालाई ‛लाइभ डीबेटʼ मा आउन केपी ओलीको आह्वान

युग संवाददाता     286 पटक पढिएको    

प्रधानमन्त्री देउवालाई ‛लाइभ डीबेटʼ मा आउन केपी ओलीको आह्वान

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लाइभ डीबेटका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आह्वान गरेका छन्।  उनले सामाजिक सञ्जालमार्फत आफु लाइभ डीबेट लागि तयार रहेको उल्लेखसमेत गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत् आफूलाई लाइभ डीबेट आउन आग्रह गरेको बताए। पश्चिमा देशमा निर्वाचनका बेला गरिने लाइभ डीबेटका लागि ओलीले आफू तयार रहेको बताए । सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले लाीभ डीबेटमा आउन आग्रह गरेको छु । धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि? उनले फेसबुकमा लेखेका छन्।

मंसिर ४ गते हुने प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धन र एमाले(जसपाबीच गठबन्धन गरिएको छ ।
 



मङ्गलबार ०१, कार्तिक २०७९ ११:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal