तीन महिनामा चार सय तेइस जनामा डेङ्गु सङ्क्रमण

युग संवाददाता     177 पटक पढिएको    

तीन महिनामा चार सय तेइस जनामा डेङ्गु सङ्क्रमण

धनगढी / चालू आर्थिक वर्षको तीन महिनामा कैलालीमा ४२३ जनामा डेङ्गु सङ्क्रमण भएको छ । 
वर्षा यामको बेला अत्यधिक व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कैलालीमा यो वर्ष सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको छ । यो पालिकामा अहिलेसम्म डेङ्गुका बिरामीको सङ्ख्या १४१ पुगेको छ । 
यसैगरी, साउनमा महामारीकै रुपमा डेङ्गु फैलिएको लम्कीचुहा नगरपालिकामा ११३ जना व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको छ । यस्तै, बर्दगोरिया गाउँपालिकामा ७२ र टीकापुर नगरपालिकामा ४० जनालाई डेङ्गु सङ्क्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी तेजविक्रम शाहीले जानकारी दिए ।  
गोदावरी नगरपालिकामा २८, गौरीगङ्गामा सात, भजनी नगरपालिकामा पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । यसैगरी, जोशीपुर गाउँपालिकामा छ, घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकामा चार÷चार, मोहन्याल गाउँपालिकामा तीन जनामा डेङ्गु सङ्क्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयको असोज ३० गतेसम्मको तथ्याङ्कमा उल्लेख छ । कैलारी र चुरे गाउँपालिकामा भने डेङ्गुका बिरामी हालसम्म फेला परेका छैनन् । 
अहिले चिसो बढ्दै गएकाले डेङ्गुको नयाँ बिरामी फेला पर्ने क्रम घट्दै गएको सूचना अधिकारी शाहीले बताउनुभयो । उहाँका अनुसार दसैं पछाडि जम्मा १९ जना नयाँ बिरामी थपिएका छन् । दसैंसम्म डेङ्गु सङ्क्रमितको सङ्ख्या ४०४ रहेको थियो । 



मङ्गलबार ०१, कार्तिक २०७९ ११:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.