सल्यानमा अरिङ्गालको टोकाइबाट आमा छोरीको मृत्यु

युग संवाददाता     201 पटक पढिएको    

सल्यानमा अरिङ्गालको टोकाइबाट आमा छोरीको मृत्यु

सल्यान / सल्यानको सिद्धकुमाख गाउँपालिका १ हामपालमा अरिङ्गालको टोकाइबाट आमा छोरीको मृत्यु भएको छ ।

सोमवार साँझ अरिङ्गालले टोक्दा २१ वर्षीया सोभा बस्नेत बुढाथोकी र उनकी छोरी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता डीएसपी सन्तोष खनालले जानकारी दिए । उनका अनुसार,  मृतक सोभाको अंकल २१ वर्षीय नबिन बस्नेतको खेतमा धान काटेर घर फर्कँदै गर्दा अरिङ्गालले टोकेको थियो ।

अरिङ्गालको टोकाइबाट घाइते भएका उनीहरू तीनैजनाको श्रीनगरमा रहेको परोपकार हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो । थप उपचारका लागि  कोहलपुर लैजाँदै गर्दा सोभा र छोरी प्राप्तीको मृत्यु भएको डीएसपी खनालले जानकारी दिए । घाइते नबिनको भने परोपकार अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।  



मङ्गलबार ०१, कार्तिक २०७९ ०९:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.