नेपाली सेनाका एक हुद्दा झुण्डिएको अवस्थामा मृत फेला

युग संवाददाता     176 पटक पढिएको    

नेपाली सेनाका एक हुद्दा झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं / नेपाली सेनाका एक जना हुद्दा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । आज बिहान भुवन पुडासैनी काठमाडौंको गुहेश्वरी फाँटस्थित आर्मी अफिसर्स गल्फ क्लब भवन नजिक झुण्डिएको अवस्थामा फेला परेका नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले लोकपथलाई जानकारी दिए ।

नुवाकोट घर भएका पुडासैनी हाल काठमाडौंको तिलगंगा बस्दै आएका थिए । पुडासैनीले आत्महत्या गरेको खुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता सिलवालले जानकारी दिए । ‘झुण्डीएको अवस्थामा शव फेला परेपछि प्रारम्भिक अनुसन्धानबाटा आत्महत्या गरेको भन्ने खुलेको छ । थप अनुसन्धान हुँदै छ । शव पोष्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल पठाएका छौँ ।’ उनले भने ।

मृतक पुडासैनी गल्फ खेलाडी पनि हुन् ।



सोमबार ३१, असोज २०७९ १०:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.