कैलालीका युवाले बनाए इलोक्ट्रोनीक मोटरसाइकल

युग संवाददाता     152 पटक पढिएको    

कैलालीका युवाले बनाए इलोक्ट्रोनीक मोटरसाइकल

धनगढी / कैलालीका एक युवाले इलोक्ट्रोनीक मोटरसाइकलको आविष्कार गरेका छन् । जिल्लाको  धनगढी उपमहानगरपालिका वडा नं ५ जाइमा बस्ने १६ वर्षीय सोहन कैनीले इलोक्ट्रोनीक  मोटर साइकलको आविष्कार गरेका हुन ।

सोहन अहिले धनगढीको ऐश्वर्य विद्या निकेतनमा कक्षा ११ मा अध्ययनरत छन्  । उनले डेढ लाखको लागतमा करिब दुई महिना लगाएर मोटर साइकलको निर्माण गरेका हुन् । यस्ता प्रविधिको आविष्कार गर्ने आफ्नो चाहाना भएकाले आफूले सो मोटरसाइकल बनाएको बताए ।

‘मैले अरूले कार लगायतका यन्त्रहरू बनाएको भिडिओ इन्टरनेटमा देख्दा मलाए पनि यस्तै खालका काम गर्नै इच्छा  लाग्थ्यो,’ उनले भने,‘त्यसपछि इलोक्टो«नीक मोटर साइकल बनाउने सोच बनाए र काम सुरु गरे । निर्माण  गरेको यो मोटरमा पावर ब्याङ्कको सहयोगबाट फिङ्गर प्रिन्ट पनि राखिएको छ ।’ 

यो मोटरसाइकललाई चलाउनका लागी फिङ्गर प्रिन्ट र चाबी दुवै आवश्यक पर्ने उनको भनाई छ । सो  मोटरसाइकलमा मा १ देखी १२७ फिङ्गर प्रिन्ट एड  गर्न सकिने उनले जनाएका छन् । कैनीका अनुसार यो मोटर साइकलमा १२ भोल्टेजका चार वटा ब्याट्री जडान गरिएका छन् । जसका कारणले एक चोटि ब्याट्री फुल चार्ज गरेपछि ५५ किलो  मिटर परआवर ६० देखी ७० किलो मिटरसम्म चल्नेछ ।

मोटरसाइकलको क्यापासिटी ४८ भोल्ड १ हजार १ सय १ रहेको छ ।  आज सो मोटसाइलकलाई धनगढी उपमहानगरपालिको कार्यालयमा प्रदर्शन गरिएको छ । प्रदर्शनका क्रममा मेयर गोपाल हमालले मोटरसाइकलका आविष्कारक सोहनलाई सहयोग गर्ने बताउँदै बधाईका साथै अग्रिम सफलताको शुभकामना समेत व्यक्त गरे ।



सोमबार ३१, असोज २०७९ १०:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.