सुदूरका पहाडी जिल्लामा विद्युत् अवरुद्ध

युग संवाददाता     157 पटक पढिएको    

सुदूरका पहाडी जिल्लामा विद्युत् अवरुद्ध

धनगढी / डडेलधुरासहित सुदूरपहाडका जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको सहजपुरमा ३३ केभीको तार टुटेपछि विद्युत् सेवा अवरुद्ध भएको विद्युत् प्राधिकरण डडेल्धुराका प्रमुख रामदिनेश राय यादवले जानकारी दिए ।

उनका अनुसार आइतबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएकामा अहिले मर्मतको काम जारी छ । मर्मत हुनेबित्तिकै विद्युत् सेवा सञ्चालन हुने जनाइएको छ । उनका अनुसार अघिल्लो साता १३२ केभीको लाइनमा समस्या आएपछि ३३ केभीबाट सेवा सञ्चालन गरिएको थियो ।

आजसम्म १३२ केभीको प्रसारण लाइन पनि मर्मत भइसक्ने यादवले बताए । विद्युत् अवरुद्ध हुँदा नेट इन्टरनेटसँग सामाजिक सञ्जाल प्रभावित बनेको छ भने विद्युतीय कारोबारमा असहजता भएको छ ।  



सोमबार ३१, असोज २०७९ १०:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.