पहिरोका कारण रित्तिदैं बाजुराको गाउँबस्ती

युग संवाददाता     154 पटक पढिएको    

पहिरोका कारण रित्तिदैं बाजुराको गाउँबस्ती

बाजुरा / बाजुराका अधिकांश गाउँबस्तीबाट समथर, तराई र सहरी क्षेत्रतर्फ बसाइँ सर्ने क्रम पछिल्लो समय बढ्दै गएको छ । बर्सेनि बाढीपहिरोले गाउँबस्तीमा क्षति पु–याउन थालेपछि बसाइँ सर्ने क्रम बढेको हो । 
हिमाली गाउँपालिका–४, बोर्ताका कर्णवीर भण्डारीले पहिरोले गाउँबस्तीमा बास बस्न नसकिने अवस्था भएपछि ज्यान जोगाउनकै लागि बस्ती छाडेर सुरक्षित स्थानमा सर्नु परेको बताए । 
उनले भने,‘गत वर्ष नै पहिरोको जोखिममा गाउँ परेको थियो । त्यही भए पनि हिउँदमा बसोबास गर्दै आएका थियौँ । यो वर्षको बाढीपहिरोले बस्ती नै बगाएपछि गाउँ छोडेर अन्य जान बाध्य भयौँ ।’
बाजुराका केही बस्ती दुई÷तीन वर्षअघिदेखि नै बस्नलायक थिएनन् । पहिरोको जोखिममा रहेका बस्तीका बासिन्दाले स्थानान्तरणको मागसमेत गरेका थिए तर जिल्ला विपत् व्यवस्थापन समितिले खासै सुनुवाइ गरेको थिएन । जोखिममा परेका बस्ती समयमा नै स्थानान्तरण नगरिँदा अहिले स्थानीय गाउँ छोडेर भाग्नु परेको बताइन्छ ।
बर्सेनि बाजुराका बस्ती स्थानान्तरण गर्नुपर्ने क्रम बढ्दै गएको भए पनि स्थानान्तरण गर्ने काममा ढिलाइ भएकाले कैयौँ स्थानीय ज्यान जोखिममा राखेर जोखिम बस्तीमा बस्न बाध्य छन् ।   



सोमबार ३१, असोज २०७९ ०६:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.