सर्लाहीमा बस दुर्घटना हुँदा २३ जना घाइते

युग संवाददाता     188 पटक पढिएको    

सर्लाहीमा बस दुर्घटना हुँदा २३ जना घाइते

सर्लाही / सर्लाहीमा बस दुर्घटनामा परेको छ। ईश्वरपुर नगरपालिका–१२ मा ३३ जना सवार बस दुर्घटना हुँदा २३ जना घाइते भएका हुन्।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका बसका चालक दिपक बोहोराकी ३ वर्षीया छोरी प्रिन्स र बसका परिचालक झापाको मेचिनगर नगरपालिका ७ का २१ वर्षीय प्रदिप पुरीलाई उपचारका लागी झापा तर्फ पठाइएको छ।

अन्य घाइतेहरुको गढीमाई अस्पतालमा उपचार भइरहेको छ। काकडभिट्टाबाट भैरहवा तर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको बस अनियन्त्रित भएर आज बिहान ३ बजे पल्टिएको थियो । दुर्घटनामा घाइते भएकामध्ये ९ जना उपचार पश्चात् घर फर्किसकेका छन्। चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।



सोमबार ३१, असोज २०७९ ०६:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.