उजुरीको जवाफ नदिने व्यवसायीलाई कारबाही गर्ने तयारी

युग संवाददाता     274 पटक पढिएको    

उजुरीको जवाफ नदिने व्यवसायीलाई कारबाही गर्ने तयारी

काठमाडौं / वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीविरुद्ध परेका उजुरीको समयमै जवाफ नदिने व्यवसायीलाई कारबाही गर्ने भएको छ। विभागले सूचना जारी गर्दै समयमै जवाफ नदिए कारबाही गर्ने बताएको हो।

विभागमा दर्ता भएका उजुरीमा पत्राचार, निर्देशन तथा आदेशको अटेर गर्दै आएकाले कारबाही गर्ने तयारी गरेको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले भने, ‘वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५४ बमोजिम कारबाही हुने व्यहोरा समेत सम्बन्धित सबैमा सूचित गरिन्छ।’

उजुरीको विषयमा माग गरिएको प्रमाणसहितको जवाफ तोकिएको समयभित्र पेश नहुँदा विभागले समयमै उजुरी फर्छ्योट गर्न नसकेको भन्दै आफ्नो संस्थाविरुद्ध विभागमा दर्ता भएका उजुरी तत्काल फर्छ्योट गरी व्यावसायिक कर्तव्य पूरा गरेर वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने कार्यमा सहजीकरण गर्न यस्तो आग्रह गरिएको विभागले  जनाएको छ।



आइतबार ३०, असोज २०७९ १०:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal