बझाङमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु

युग संवाददाता     148 पटक पढिएको    

बझाङमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु

बझाङ / बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको बित्थडचिर गाउँपालिका वडा नम्बर २ मा ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी २३ बर्षीय चालक करन बोहराको मृत्यु भएको हो ।

शनिबार सुपप्र ०१–००२ प ४९३० नम्बरको ट्याक्टर दुर्घटनामा गम्भीर घाइते बोहराको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी बित्थडचीरका २८ बर्षीय निरज बोहरा घाइते भएका छन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर सडकभन्दा ३०० मिटर तल खसेको थियो । घटना थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।  



आइतबार ३०, असोज २०७९ ०५:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.