युक्रेनको सीमामा रुसी सेनाको प्रशिक्षण शिविरमा आक्रमण, ११ सैनिकको मृत्यु

युग संवाददाता     287 पटक पढिएको    

युक्रेनको सीमामा रुसी सेनाको प्रशिक्षण शिविरमा आक्रमण, ११ सैनिकको मृत्यु

एजेन्सी, रुसी सेनाको तालिम स्थलमा दुई सशस्त्र आक्रमणकारीले गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । युक्रेनी सीमा नजिकैको बेलगोरोड मैदानमा यो तालिम चलिरहेको थियो । सरकारी समाचार एजेन्सी आरआईएका अनुसार हतियार प्रशिक्षणको क्रममा दुई जनाले त्यो समूहमाथि गोलीबारी सुरु गरेका थिए जसले युक्रेनमा युद्ध लड्नका लागि स्वयंसेवा गरिरहेका थिए ।

रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्व सोभियत संघको कुनै देशका नागरिक भएको बताएको छ । तर, उनीहरु बारे धेरै जानकारी दिइएको छैन । जवाफी फायरिङमा सिपाहीहरूले दुवै आक्रमणकारीलाई मारेका थिए। यस आक्रमणमा १५ जना घाइते भएका छन् ।

आरआईएले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै भनेको छ, ‘स्वयंसेवकहरूलाई विशेष सैन्य अभियान (युक्रेनविरुद्ध) मा सामेल हुन हतियार तालिम दिँदै गर्दा आतंकवादीले युनिटका मानिसमाथि हमला गरेका थिए ।’ ‘यो गोलीबारीमा ११ जनाको मृत्यु भएको छ र अन्य १५ जना गम्भीर घाइतेलाई अस्पताल पठाइएको छ,’ मन्त्रालयले भन्यो ।



आइतबार ३०, असोज २०७९ ०४:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal