सुदूरपश्चिमको उत्कृष्ट अवार्ड आरएमई स्कुललाई प्रदान

युग संवाददाता     157 पटक पढिएको    

सुदूरपश्चिमको उत्कृष्ट अवार्ड आरएमई स्कुललाई प्रदान

टीकापुर / कलेज रिडर्सले दुबईमा आयोजना गरेको नेपाल एजुकेशन अवार्ड २०२२ मा कैलालीको टीकापुरस्थित आरएमई स्कुललाई सुदूर पश्चिमका विद्यालयहरु मध्ये उत्कृष्ट विद्यालय अवार्ड २०२२ प्रदान गरिएको छ । आरएमई स्कुल सुदूरपश्चिमबाट उत्कृष्ट अवार्ड पाउने एक मात्र स्कुल हो ।

बिगत १५ वर्षदेखि सुदूरपश्चिमको शैक्षिक गुणस्तरका लागि निर्बाह गरेको योगदानको कदर गर्दै कलेज रिडर्सले आरएमई स्कुललाई सुदूरपश्चिमको विद्यालयहरुमध्ये उत्कृष्ट अवार्ड प्रदान गरेको हो ।

आरएमई स्कुलका प्रिन्सिपल तेजराज खनालले उत्कृष्ट अवार्ड प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै उक्त अवार्ड गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, सञ्चालक सबैले खेलेको भूमिकाबाट प्राप्त भएको बताए ।



आइतबार ३०, असोज २०७९ ०४:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.