असहाय बालबालिकालाई सहयोग

युग संवाददाता     165 पटक पढिएको    

असहाय बालबालिकालाई सहयोग

धनगढी,  कैलालीको जानकी गाउँपालिकाका चार जना असहाय बालबालिकाई आर्थिक सहयोग गरिएको छ । विद्यालय पोशाक र शैक्षिक सामग्री खरिदका लागि उनीहरुलाई पाँच-पाँच हजारका दरले सहयोग गरिएको हो । सहयोग प्राप्त गर्नेमा जानकी गाउँपालिका–१ का प्रिन्सा चौधरी, रोहित चौधरी, वडा नम्बर ९ का दीपेन्द्र चौधरी र साजन चौधरी रहेका छन् ।

विपन्न तथा जोखिम अवस्थामा रहेका बालबालिकालाई पढाइमा सहयोग पुगोस भनेर युनिसेफ नेपाल र बास नेपालद्वारा सञ्चालित बाल संरक्षण कार्यक्रम अन्तर्गत उनीहरुलाई आर्थिक सहयोग गरिएको हो । वडा नम्बर ९ का वडा सदस्य हर्कराज भाट र वडा सचिव प्रेम बुढाको रोहबरमा पत्रकार भीम श्रीपाइलीले बालबालिकालाई रकम हस्तान्तरण गरेका थिए । 



आइतबार ३०, असोज २०७९ १२:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.