धनगढीमा फेसियल हाउसको शाखा सञ्चालनमा आयो

युग संवाददाता     246 पटक पढिएको    

धनगढीमा फेसियल हाउसको शाखा सञ्चालनमा आयो

धनगढी, धनगढीमा फेसियल हाउसको शाखा सञ्चालनमा आएको छ । ७० लाख भन्दा बढी लगानीमा धनगढीको चौराहामा फेसियल हाउसको शाखा शनिवारदेखि सञ्चालनमा आएको हो ।

फेसियल हाउसको आज (शनिवार) एक कार्यक्रमका बिच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै अध्यक्ष कुँवरले पछिल्लो समय धनगढी व्यवसायीक रूपमा अघि बढीरहेका बेला फेसियल हाउस काठमाडौँको शाखा धनगढीमा ल्याएकोमा खुसी लागेको बताउँदै उनले यही सहरमा लगानी गरि व्यवसाय गर्ने आट गरेकोमा धन्यावाद ज्ञापन गरे ।आउँदा दिनहरूमा पनि उद्योग वाणिज्य सङ्घको तर्फबाट गर्नुपर्ने साथ सहयोग रहने बताउँदै यो व्यवसाय सौन्दर्यता र स्वास्थ्यसँग जोडिएकोले गुणस्तरीय सेवा दिन समेत आग्रह गरे ।

 फेसियल हाउस धनगढीकी सञ्चालक सविना बुढाऐरले लामो समयदेखि यही क्षेत्रमा रहेका काम गरिरहेकोले आफ्नै क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोचका साथ धनगढीमा फेसियल हाउस सञ्चालनमा ल्याएको बताइन् ।

उनले यस फेसियल हाउसको धनगढी शाखाबाट हेयरकटिङ्ग, कलरिङ्ग, रिमूभर लेजर मेसिन, हेयर, ब्यूटि र स्किन केयर मेसिन, कृत्रिम परेला प्रत्यारोपण, जेल नेल आर्ट, पर्मानेन्ट मेकअप, पेयर सिन, डेड लक, मेडिकेयर, पेडिकेयर जस्ता सेवाहरू उपलब्ध रहेको बताइन् । दीपावलीको अवसरमा २० प्रतिशत छुटको व्यवस्था समेत रहेकोले सेवाको मौका लिन हुन उनले अनुरोध गरिन् । 

फेसियल हाउसकी सञ्चालक सुष्मा महराले उच्च प्रविधिको फेसियल हाउस सुदूरपश्चिममा नभएको भन्दै यहाँका नागरिकलाई  गुणस्तरीय रूपमा सेवा दिन सविना बुढाऐरले उक्त फेसियल हाउस धनगढीमा सञ्चालनमा लाइएकोमा धन्यावाद दिँदै अब फेसियल गर्न अन्य ठाउँ धाउनुपर्ने बाधयताको अन्त्य हुने विश्वास व्यक्त गरिन् ।

अहिले फेसियल हाउसले काठमाडौँको मल भवनको चौथो तल्ला, चाबेल,  सिटिसी मल,पोखरा, र सुर्खेतमा समेत आफ्नो शाखा विस्तार गरेर सेवा दिइरहेको छ  । 



आइतबार ३०, असोज २०७९ १२:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal