बझाङबाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगतप्रसाद जोशीको उम्मेदवारी फिर्ता

युग संवाददाता     113 पटक पढिएको    

बझाङबाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगतप्रसाद जोशीको  उम्मेदवारी फिर्ता

बझाङ /  प्रदेश सभा ‘क’ का लागि स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगतप्रसाद जोशीले उम्मेदवारी फिर्ता लिए । उनले नेता कार्यकर्ताकै दववामा उम्मेदवारी फीर्ता लिएको शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

‘सुरुमा नेता कार्यकर्ताहरुले उम्मेदवारी दिनुपर्छ भन्ने दवाव दिए’, शुक्रबार धनगढीमा भएको पत्रकार सम्मेलनमा उनले भने । ‘फेरि अन्तिममा आएर उहाँहरुले नै फिर्ता लिन आग्रह गरेपछि व्याक भएको हुँ । ४३ बर्षको राजनीति यात्रामा ७ वटा निर्वाचन हुँदा पनि आफुले अवसर नपाएको उनको गुनासो छ । उनले आफ्नो स्वास्थ्य अवस्था समेत राम्रो नभएको हुँदा अहिले निर्वाचन लड्ने नसक्ने स्थितिमा पुगेको बताएका छन् । ‘सुगरको बिरामी हो’, उनले भने । उनले आफु गठबन्धनकै पक्षमा रहेको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

‘पार्टीको केन्द्रको निर्णय अनुसार नै अगाडि बढेको छु’, उलने भने । ‘उम्मेदवारी फीर्ता गरीसकेपछि भएको टिकाटिप्पणीपछि समेत नलाग्न नेता कार्यकर्तालाई अनुरोध गर्दछु ।’ बझाङ प्रदेश सभा ‘क’ मा गठबन्धनबाट काँग्रेसका पृथ्वीबहादुर सिंह चुनावी मैदानमा छन् । यस्तै, नेकपा एमालेका अफिलाल ओखेडा, राप्रपाबाट हरिलाल भट्टराई, राप्रपा नेपालबाट कणर्बहादुर खड्का, नेस्नल पिपुल्स पार्टीबाट भीमबहादुर खड्काले उम्मेदवारी छ ।



शनिबार २९, असोज २०७९ ०७:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.