बाजुरा सदरमुकाममा आगलागी नियन्त्रणको ‘डेमो’ प्रदर्शन

युग संवाददाता     175 पटक पढिएको    

बाजुरा सदरमुकाममा आगलागी नियन्त्रणको ‘डेमो’ प्रदर्शन

बाजुरा / बाजुराको जिल्लाको  सदरमुकाम मार्तडीमा हिजो बिहान आगलागी नियन्त्रण सम्बन्धी जनचेतना मुलक डेमो प्रदर्शन गरिएको छ । शुक्रबार जिल्ला सदरमुकाम मार्तडीस्थित खुलामञ्चमा आगलागी सम्बन्धी डेमो प्रदर्शन गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति बाजुराको आयोजनामा नेपाली सेना दुर्गाभन्ज्याङ गुल्म, नेपाल प्रहरी र ससस्त्र प्रहरीले आगो नियन्त्रण सम्बन्धी डेमो प्रदर्शन गरेको थिए । बाजुरा जिल्लामा वर्षेनि आगलागीका घटना घट्ने गरेकोले सो डेमो प्रदशनले समाजमा केही सिकाई हुने भएकोले डेमो प्रदशन गरिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बिपत ब्यबस्थपन समिति अध्यक्ष प्रकाशचन्द अधिकारीले बताए ।



शनिबार २९, असोज २०७९ ०६:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.