एकल प्रचारप्रसार नगर्न कांग्रेस केन्द्रीय सदस्य वडकाे आग्रह

युग संवाददाता     225 पटक पढिएको    

एकल प्रचारप्रसार नगर्न कांग्रेस केन्द्रीय सदस्य वडकाे आग्रह

धनगढी / नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृप बहादुर वडले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई एकल प्रचार नगर्न आग्रह गरेका छन् । संयुक्त लोकतान्त्रिक वाम गठबन्धन निकटका पत्रकारहरुको धनगढीमा अयोजित भेलामा बोल्दै उनले सो आग्रह गरेका हुन् ।

अलग-अलग प्रचार गर्दा गठबन्धनमा तिक्तता आउन सक्ने भन्दै उनले सो कुरा बताएका हुन् । कैलालीमा गठबन्धनका उम्मेदवारको जित निश्चित भएको बताउदै केन्द्रीय सदस्य वडले बिगतको तुलनामा प्रचारशैलीलाई ब्यबस्थित गरेको समेत उनको भनाई छ । यस्तै कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य वडले गठबन्धन राष्ट्रिय आवश्यकता भएकोले यसको सबैदलले पालना गर्नु पर्नेमा समेत उनको जोड थियो ।

सो कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति नारायणदत्त भट्टले कैलाली जिल्लामा गठबन्धनले प्रचार(प्रचार समपति गठन र सम्पर्क कार्यालय स्थापना गरिरहेको बताए । भेलामा नेपाली कांग्रेसका सचिवद्वय केशव मिश्र ,नृप सुनार र प्रचार विभाग प्रमुख तपेन्द्र भुषालको सहभागिता रहेको थियो । भेलाको सहजिकरण नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले गरेका थियो ।



शुक्रबार २८, असोज २०७९ ११:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.