बैतडीमा  नदीमा डुबेर एक जनाको मृत्यु

युग संवाददाता     172 पटक पढिएको    

बैतडीमा  नदीमा डुबेर एक जनाको मृत्यु

बैतडी / नदीमा नुहाउने क्रममा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल विद्युत प्राधिकरण युनिट कार्यालय पाटनमा कार्यरत पाटन नगरपालिका- १ जरौली निवासी ५५ वर्षीय नरबहादुर भट्टराई रहेका छन् ।

शुक्रबार बिहान साढे ११ बजेतिर त्रिपुरेश्वरधामस्थित सूर्नया नदीमा नुहाउन गएका उनलाई नदीले बगाएको थियो । त्यसलगत्तै प्रहरी र स्थानीयले उनकोे उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा पुर्‍याएका थिए । त्यहाँ स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।



शुक्रबार २८, असोज २०७९ ०७:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.