बैतडीमा सत्ता गठबन्धनलाई ‘बागी’ उम्मेदवार को भारी

युग संवाददाता     112 पटक पढिएको    

बैतडीमा सत्ता गठबन्धनलाई ‘बागी’ उम्मेदवार को भारी

बैतडी / आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि अहिले उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् । सत्ता गठबन्धनका उम्मेदवार, एमालेका उम्मेदवार, राप्रपाका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरु मत माग्नका लागि गाउँगाउँ पुग्न थालेका छन् । 

केन्द्रको निर्णय अनुसार बैतडीमा पनि सत्ता साझेदर दलहरुले चुनावी गठबन्धन गरेका छन् । तर सत्ता गठबन्धन भित्रै ‘बागी’उम्मेदवार भएपछि अहिले व्यवस्थापनमा चुनौती रहेको छ । प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनको साझा उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य नरेन्द्र कुँवर (विजयसुन्दर) रहेका छन् ।

तर नेपाली कांग्रेसका महासमिति सदस्य केशवबहादुर चन्दले स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएपछि त्यसबाट हुने क्षति रोक्न गठबन्धनले प्रयास गरिरहेको छ । कांग्रेसको उम्मेदवार नभएका कारण आफूले मत पाउने आसामा चन्द रहेका छन् । तर कांग्रेसले भने गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न सकुर्लर गरिसकेको छ ।

बैतडीमा संघीय संसदका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेसका नेता कार्यकर्ताहरुलाई निर्देशन दिइसकेको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए । केन्द्रकै निर्णय अनुसार जिल्लामा गठबन्धन भएकाले निर्णय कार्यान्वयनमा सबै कार्यकर्ता लाग्ने उनले बताए । यता प्रदेश सभा क्षेत्र नं. (क)बाट नेपाली कांग्रेसका बैतडी उपसभापति बीरबहादुर बिष्ट चुनावी मैदानमा छन् ।

उनलाइ काउन्टर दिन कांग्रेसकै महासमिति सदस्य हरिमोहन भण्डारी स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् । भण्डारीले कांग्रेसकै मत काट्ने आँकलन भइरहेको छ । तर कांग्रेसजन भने यो कुरा मान्न तयार छैनन् । कांग्रेसको विरुद्ध उम्मेदवारी दिनेलाई सच्चा कांग्रेसीले भोट नदिने कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए ।

पार्टीमा आवद्ध नेता र कार्यकर्ताले पार्टीको निर्णय मान्नुपर्नेमा उनले जोड दिए । पार्टीले टिकट नदिने बित्तिकै स्वतन्त्र उम्मेदवारी दिनेलाई उनले अवसरवादीको संज्ञा समेत दिएका छन् । उनले भने ‘कांग्रेसीहरुले कांग्रेसको उम्मेदवारलाई भोट हाल्छन् । अवसरवादीलाई कांग्रेसी कार्यकर्ताहरुले राम्रोसंग चिनेका छन् ।’

यता सत्तागठबन्धन भित्रैको किचलोका कारण एमाले हौसिएको छ । गठबन्धन भित्रै ‘बागी’उम्मेदवार भएपछि निर्वाचन परिणाम आफ्नो पक्षमा आउने एमालेको आँकलन छ । सत्तागठबन्धन भित्रको किचलोले एमालेलाई फाइदा पुग्ने बिश्लेषकहरुले बताएका छन् । 



शुक्रबार २८, असोज २०७९ ०६:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.