बैतडीका ग्रामीण सडकमा नयाँ भाडा कार्यान्वयन भएन्,मनपरि भाडाले यात्रु मारमा

युग संवाददाता     143 पटक पढिएको    

बैतडीका ग्रामीण सडकमा नयाँ भाडा कार्यान्वयन भएन्,मनपरि भाडाले यात्रु मारमा

बैतडी /  बैतडीका ग्रामीण कच्ची सडकहरुमा भाडा दर कार्यान्वयन नभएको पाइएको  छ । नयाँ भाडादर लागु भएपनि जिप व्यवसायीहरुले कच्ची सडकहरुमा पुरानै भाडा लिइरहेका हुन । 

जिल्लाको  सतबाँझ सुर्नया सडक खण्डमा पुरानै  भाडा  तिर्नुे परिरहेको यात्रुहरुले  गुनासो गरेका छन् । जिप व्यवसायीहरुले अहिले पनि निर्धारण गरेको  भाडा भन्दा दोब्बर  भाडा लिने गरेका यात्रुहरुको भनाई छ । यसरी  यातायात व्यवसायीहरुले तोकिएको भन्दा बढी भाडा असुल्न थालेपछि  नागरिकहरु समस्यामा परेका छन् ।

नयाँ भाडादर निर्धारण गरेपनि ग्रामीण सडकहरुमा कार्यान्वयन नभएको स्थानीय परमान्नद भट्टले बताए । १४ किलोमिटरको दुरी रहेको सतबाँझ सन्सेरीमाण्डौँ सम्मको अहिले पनि ३ देखि साढे  तिन सय सम्म भाडा दिनु परिरहेको उनले बताए । प्रशासनले कच्ची सडकमा प्रति किलोममिट १० रुपैया भाडा निर्धारण गरेको थियो ।

तर त्यो अहिले कार्यान्वयन नभएको पाइएको हो । सतबाँझ बजार देखि सन्सेरीमाण्डौँको भाडा साढे तिन सय लिने गरेका जिप व्यवसायीहरुले नजिककैको कठेगौण बजारबाट सतबाँझ सम्म ४ सय देखि ५ सय  सम्म लिने गरेका अर्का स्थानीय लबदेव धामीले बताए । जिप व्यवसायीयहरुले मनलाग्दी भाडा लिएपनि सम्बन्धित निकायले कुनै चासो नदिएको नागरिकहरुको गुनासो रहेको  छ ।

यसरि तोकीको भाडा भन्दा बढी  रुपैया माग्न गरिब पिन्न नागरिकहरु बढी मर्कामा परेका स्थानीय  जयन्त भट्टले  बताए । जिप व्यवसायीहरुले  सत्तबाँझ सुर्नया सडक खण्डमा मनपरि  भाडा लिने गरेका भएपनि कारबाही भने अहिले सम्म गरिएको छैन् । सम्बन्धित निकाय मौन बसेकाले  आफुहरु मारमा परेका  यात्रुहरुको  गुनासो रहेको  छ । 



शुक्रबार २८, असोज २०७९ ०६:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.