सन्दीपविरुद्ध दोस्रोपटक पाँच दिन म्याद थप

युग संवाददाता     163 पटक पढिएको    

सन्दीपविरुद्ध दोस्रोपटक पाँच दिन म्याद थप

काठमाडौं / बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट बिहीबार दोस्रोपटक पाँच दिनको म्याद थप गरिएको छ । अदालतले यसअघि उनलाई सात दिन हिरासतमा राखेर अनुुसन्धान गर्न अनुमति दिएको थियो ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा सन्दीप यही असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । २० गतेबाटै सो म्याद लागु भएको थियो ।

प्रहरी वृत्त गौशालामा गएको भदौ २१ गते सन्दीपविरुद्ध जाहेरी परेको थियो । सन्दीपले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् ।पीडितका आफन्तले दिएको जाहेरीमा सन्दीपले भदौ ५ गते राति काठमाडौंको एक होटेलमा नाबालिगमाथि पटक–पटक बलात्कार गरेको उल्लेख छ ।



बिहिबार २७, असोज २०७९ ०८:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.