वर्षाले अबरोध भएका सडक खुलाउदै नेपाली सेना

युग संवाददाता     107 पटक पढिएको    

वर्षाले अबरोध भएका सडक खुलाउदै नेपाली सेना

डोटी / असोज २० गतेदेखि लगातार एक सातासम्मको वर्षाले जिल्लाका विभिन्न स्थानमा पहिरोका कारण भएका अवरोधहरु सेनाले हटाउन थालेको छ ।

पहिरोका कारण डोटी जिल्ला सदरमुकाम सिलगढीदेखि पाकरी जोड्ने सडक अवरुद्ध भएपछि नेपाली सेनाको भैरवप्रसाद गणले उक्त पहिरो हटाएको छ । सडक माथिबाट पहिरोसँगै सल्लाको रुख आएपछि सडक अवरुद्ध भएको थियो ।

यस्तै, वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गई अवरुद्ध भएको सिलगढी कलेना सडक खुलाउने काम भइरहेको भैरवप्रसाद गणका गणपति जनमतबहादुर कार्कीले जानकारी दिए । ‘ठाउँ–ठाउँमा पहिरो आएपछि अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको समेत अभाव हुन थालेपछि सेनाले उक्त सडक सुचारु गर्ने प्रयास गरेको छ,’ कार्कीले भने  ‘स्थानीयहरुलाई आउ–जाउ गर्न समेत कठिनाई भएका कारण सडकमा भएका अवरोधहरु हटाउने कार्य भइरहेको छ ।’

वर्षाकै कारण ठाउँ–ठाउँमा पहिरो गई जिल्ला सदरमुकाम सिलगढीको खानेपानी आपूर्तिमा समेत अवरोध छ । सेनाको बुधवारको प्रयासले आंशिक रुपमा पानी आपूर्ति भएको छ । पूर्णरुपमा सुचारु गर्ने प्रयास भइरहेको गणपति कार्की वताउँछन् । मंगलबार दिपायलस्थित सेती पुलमा अड्किएको पिपलको रुख सेनाले हटाएको थियो ।

त्यस्तै, लगातारको वर्षाले सिलगढी–साँफे जोड्ने पहलमान सिंह स्वार राजमार्ग अन्तरगत उडितोलामा सडक माथिबाट आएको पहिरोले अवरुद्ध भएको सडक र दिपायल–केआई सिंह जोड्ने सडक पनि भैरवप्रसाद गणको विपत व्यवस्थापन टोलीले सुचारु गरेको कार्कीले बताए । उनले अन्यत्र भएका अवरोध पनि सेनाले आफ्नो जनशक्तिले भ्याएसम्म हटाउने बताए ।



बिहिबार २७, असोज २०७९ ०८:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.