कांग्रेस बीपीसँग तालमेल नहुने, डडेलधुरामा एमालेका शाहीले उम्मेदवारी फिर्ता नलिने

युग संवाददाता     169 पटक पढिएको    

कांग्रेस बीपीसँग तालमेल नहुने, डडेलधुरामा एमालेका शाहीले उम्मेदवारी फिर्ता नलिने

डडेलधुरा / नेकपा एमालेबाट डडेलधुरामा उम्मेदवारी दिएका विक्रम शाहीले नाम फिर्ता नलिने भएका छन । कांग्रेस बीपीसँग तालमेल गर्ने गरी एमालेले प्रदेशतर्फ दुबै क्षेत्रमा उम्मेदवार बनाएको थियो ।

पठानसिंह बोहोरा र गजेन्द्र शाहीलाई एमालेले प्रदेश सभाको उम्मेदवार बनाएको छ । गत स्थानीय तह चुनावमा कांग्रेस बीपी र एमालेबीच तालमेल भएको थियो । र त्यो तालमेल अनुसार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामा कांग्रेस बीपीका उम्मेदवार विजयी भएका थिए ।

तर मंसिर ४ मा हुने संघीय संसदको चुनावका लागि शाहीले उम्मेदवार दर्ता गरे । शाहीले उम्मेदवारी दिएपछि एमाले र कांग्रेस बीपीको तालमेल भाँडिएको छ । पार्टी केन्द्रकै निर्णय अनुसार आफूले उम्मेदवारी दिएको शाहीले दाबी गरे । कांग्रेस बीपीसँग तालमेल गर्ने निर्णय नै नभएको उनले दाबी गरे । शाहीले उम्मेदवारी फिर्ता नलिने दोर्होयाएका छन ।

कांग्रेस बीपीले प्रतिनिधि सभाका लागि कर्ण मल्ललाई उम्मेदवार बनाएको छ । उनी कांग्रेस बीपीका केन्द्रीय उपाध्यक्ष हुन  । एमालेका लागि तालमेलको प्रयास जारी रहेको कांग्रेस बीपीका केन्द्रीय सदस्य हरि भट्टले जानकारी दिए । ‘उम्मेदवारी फिर्ताका लागि केही समय बाँकी छ । छलफल भई सहमति हुनसक्ला’, भट्टले भने ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय आज विहान १० देखि दिउँसो १ बजेसम्मको समय तोकेको छ । शाहीले उम्मेदवारी फिर्ता नलिए आ–आफ्नो तरिकाले प्रतिस्पर्धा हुने भट्टले बताए । कांग्रेसबाट प्रतिनिधि सभामा सभापति शेरबहादुर देउवा उम्मेदवार बनेका छन ।



बुधबार २६, असोज २०७९ ०८:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.